Skip to main content

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक सम्मपन्न ।

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक शहरी विकास मंत्रालयका सचिव एवं कोषका अध्यक्ष श्री रविन्द्रनाथ श्रेष्ठज्यूको अध्यक्षतामा मिति २०८०।०३।१५ गते सम्मपन्न !

सञ्चालक समितिको बैठक पूर्वाधारको क्षेत्रमा कोषको लगानीलाई विविधिकरण गर्ने तथा नवप्रवर्तक र नविनतम आयोजनाहरुलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्ने कोषको लक्ष्य अनुरुप बुटवल उपमहानगरपालिकमा “बुटवल आधुनिक बहुतल्ले पार्किङ भवन, (Butwal Modern Multilayer Parking Building)" आयोजनाको स्वीकृती, कोषबाट विभिन्न नगपालिका र उपभोक्ता संस्थाहरुमा गरिएको ऋण लगानीको ऋणको पुनर्संरचना वा पुनर्तातालिकीकरण गर्न आवश्यक रहेका ऋणहरुको पुनर्संरचना वा पुनर्तातालिकीकरणको स्वीकृतीको प्रक्रिया अगाडि बढाउने, कोषको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययन प्रतिवेदन तयार गर्ने स्वीकृती लगायतका निर्णय सहित सम्पन्न ।

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना धादिङ्गमा नगर विकास कोषको रु. ७ करोड ३५ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना धादिङ्गमा नगर विकास कोषको रु. ७ करोड ३५ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा निलकण्ठ नगरपालिकाको संयुक्त सह लगानीमा निर्माण हुने धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. २९ करोड ४० लाख ४ हजारको २५% ले हुने रकम रु. ७ करोड ३५ लाख १ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सुवेदी बीच मिति २०८० अषाढ १२ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

निलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम निलकण्ठ नगरपालिकाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ५१६४ घरधुरी २५६२६ जनसंख्यालाई २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

ऋण सम्झौता कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतज्यूले निलकण्ठ नगरपालिका तथा आसपासका क्षेत्रमा शहरीकरण विस्तार भैरहेको अवस्थामा जनताको आधारभूत आवश्यकतासंग जोडिएको यस आयोजनालाई नगर विकास कोषबाट प्राप्त वित्तीय सहयोगले आयोजनालाई समयमा सम्पन्न गर्न सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई समयमा गुणस्तरीयरुपमा सम्पन्न गराउन तथा यसको दिगोरुपमा संचालन व्यवस्थापन गराउनका लागि नगरपालिकाले आयोजनाको प्राविधिक लगायतका पक्षमा निरन्तररुपमा अनुगमन तथा निरिक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेज्यूको प्रमुख आतिथ्यमा नगर विकास कोषको गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी मिति २०८० जेष्ठ ३१ गते सम्पन्न !

European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा गण्डकी प्रदेशका २६ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा गण्डकी प्रदेश अन्तर्गतको पोखरा महानगरपालिकामा कोषको उद्देश्य, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन प्रक्रिया, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरु लगायतका विषयमा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

यस गोष्ठीबाट कोष र सुदूरपश्चिम प्रदेशका नगरपालिकाहरु बीच शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य बृद्धि भई अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना, धादिङ्गमा नगर विकास कोषको रु. ४ करोड ७७ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ)को लागत रु. २३ करोड ८५ लाख ४९ हजारको २५% ले हुने रकम रु. ४ करोड ७७ लाख ९ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री कृष्ण कुमारी थापा बीच मिति २०८० जेष्ठ २८गते ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा त्रिपुरासुन्दरी गाँउपालिका, धादिङ्गका अध्यक्ष श्री राजु उप्रेतीज्यू र उपाध्यक्ष श्री देवराज धरेलज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अन्य पदाधिकारीहरु, कोषका पदाधिकारीहरुको समेत उपस्थिति

थियो ।

त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. १ र २ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा २८९७ घरधुरी ९१४४८१ जनसंख्या० लाई मार्फत २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

ऋण सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको विविध पक्षलाई मूल्यांकन गदै कोषबाट प्राप्त ऋण सहयोगले आयोजनालाई समयमा सम्पन्न गर्न महत्वपूर्ण सहयोग भएको विचार व्यक्त गर्नुभएको थियो भने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्षज्यूले यस आयोजना गाउँपालिकाकै अत्यन्त महत्पूर्ण आयोजना भएकोले गाउँपालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले यो आयोजनालाई गाउँपालिकाकै राष्ट्रिय गौरवको आयोजनाकोरुपमा महत्व दिंदै आयोजनालाई समयमा गुणस्तरीयरुपमा सम्पन्न गराउन तथा यसको दिगोरुपमा संचालन व्यवस्थापन गराउनका लागि संस्थाका आवश्यक कार्यविधीहरु बनाई अगाडि बढ्नपर्नेतर्फ ध्यानाकर्षण गराउँनुभयो । कार्यकारी निर्देशकज्यूले कोषले गाउँपालिकामा अन्य पूर्वाधारका आयोजनामा समेत लगानी गर्ने रणनीति रहेको हुँदा यो आयोजनालाई सफलरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe to