Skip to main content

लमही सह-लगानी खानेपानी सरसफाई आयोजनाका लागि कोष र उपभोक्ता संस्था बीच रू. ८ करोड ८३ लाख ७८ हजारको ऋण सम्झौता सम्पन्न !!!

लमही सह-लगानी खानेपानी सरसफाई आयोजनाका लागि मिति २०८२।१०।२७ मा कोषका कार्यकारी निर्देशक श्री इ.विनोद प्रकाश पण्डितज्यू र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्री सनम कुमार पौडेलज्यू बीच रू. ८ करोड ८३ लाख ७८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा लमही नगरपालिकाको तर्फबाट नगर कार्यपालिका सदस्य श्री चन्द्रा चौधरीज्पयूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियाे । कार्यक्रममा उपभोक्ता संस्थाका सचिव श्री बसन्त आचार्य, कोषाध्यक्ष, श्री श्याम लाल भण्डारी र कार्यालय प्रमुख श्री भगवती चौधरीको समेत उपस्थिती रहेको थियो ।

सन् २०१५ मा दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न भै निरन्तर संचालनमा आएको लमही खानेपानी सरसफाई आयोजनाको सेवा विस्तार, स्तरोन्नती तथा स्रोत बृद्धि गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सहज ढंगबाट खानेपानी उपलब्ध गराउन यस आयोजनाको कार्यान्वयन गरिएको छ ।

लमही सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक रू. ३५ करोड ३५ लाख १५ हजारको २५ प्रतिशतले हुने रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट व्यहोरिनेछ ।

सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको स्त्तरोन्न्ती र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गराउनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गर्न आयोजनाको नियमित रुपमा मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कोष र देवदह नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

कोष र देवदह नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) अन्तर्गत देवदह नगरपालिकाले छनौट गरि सञ्चालन गरेको Roads, Drainage, Footpaths and Road Furniture सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा नगर विकास कोष र देवदह नगरपालिका बीच उप सहायक ऋण लगानी सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंक रू. १ अर्व ६ करोड ५२ लाख ६८ हजार मात्रको १८ प्रतिशतले हुन आउने रकम रू. १९ करोड १७ लाख ४८ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री विनोद प्रकाश पण्डितज्यू र देवदह नगरपालिकाका प्रमुख श्री ध्रुव प्रसाद खरेलज्यू बीच मिति २०८२ माघ १९ गते ऋण सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंकको ७५ प्रतिशत्‌ले हुन आउने रकम नेपाल सरकारले नगरपालिकालाई अनुदानका रुपमा उपलब्ध गराउनेछ भने ७ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने प्रावधान रहेको छ ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) एशियाली विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा सहभागी पालिका (पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर तथा तिलोत्तमा नगरपालिका) को पूर्वाधार विकास तथा शासन व्यवस्थामा सुधार गरी समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संचालनमा रहेको छ ।

कोष र तिलोत्तमा नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

कोष र तिलोत्तमा नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) अन्तर्गत तिलोत्तमा नगरपालिकाले छनौट गरि सञ्चालन गरेको Roads, Drainage, Footpaths and Road Furniture सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा नगर विकास कोष र तिलोत्तमा नगरपालिका बीच उप सहायक ऋण लगानी सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंक रू. ८१ करोड ४४ लाख ६७ हजारको १८ प्रतिशतले हुन आउने रकम रू. १४ करोड ६६ लाख ४ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री विनोद प्रकाश पण्डितज्यू र तिलोत्तमा नगरपालिकाका प्रमुख श्री रामकृष्ण खाण बीच मिति २०८२ माघ २० गते ऋण सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंकको ७५ प्रतिशत्‌ले हुन आउने रकम नेपाल सरकारले नगरपालिकालाई अनुदानका रुपमा उपलब्ध गराउनेछ भने ७ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने प्रावधान रहेको छ ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) एशियाली विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा सहभागी पालिका (पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर तथा तिलोत्तमा नगरपालिका) को पूर्वाधार विकास तथा शासन व्यवस्थामा सुधार गरी समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संचालनमा रहेको छ ।

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत I

नगर विकास कोष सञ्चालक समितिको मिति २०८२।१०।१५ को २३१ औं बैठकमा कोषका अध्यक्ष एवम् शहरी विकास मन्त्रालयका सचिव श्री गोपाल प्रसाद सिग्देलज्यूबाट नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत तथा नगर विकास कोष नियमावली, २०५४ को नियम १९ वमोजिम सपथ ग्रहण गराउनु भयाे ।

साथै नगर विकास कोष ऐन, २०५३ को दफा १४ (२) (घ) वमोजिम नगरपालिका प्रमुख वा उपप्रमुखहरु मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेका कम्तीमा तीन जना महिला सहित सात जना सञ्चालक सदस्य रहने व्यवस्था बमोजिम संचालक समिति सदस्यमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका रंगेली नगरपालिकाका निवर्तमान नगर प्रमुख श्री दिलीप कुमार अग्रवालज्यूले कोषको सञ्चालक सदस्यमा रही कोषमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै धन्यवाद सहित विदाई गरियो ।

Subscribe to