Skip to main content

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत I

नगर विकास कोष सञ्चालक समितिको मिति २०८२।१०।१५ को २३१ औं बैठकमा कोषका अध्यक्ष एवम् शहरी विकास मन्त्रालयका सचिव श्री गोपाल प्रसाद सिग्देलज्यूबाट नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत तथा नगर विकास कोष नियमावली, २०५४ को नियम १९ वमोजिम सपथ ग्रहण गराउनु भयाे ।

साथै नगर विकास कोष ऐन, २०५३ को दफा १४ (२) (घ) वमोजिम नगरपालिका प्रमुख वा उपप्रमुखहरु मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेका कम्तीमा तीन जना महिला सहित सात जना सञ्चालक सदस्य रहने व्यवस्था बमोजिम संचालक समिति सदस्यमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका रंगेली नगरपालिकाका निवर्तमान नगर प्रमुख श्री दिलीप कुमार अग्रवालज्यूले कोषको सञ्चालक सदस्यमा रही कोषमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै धन्यवाद सहित विदाई गरियो ।

नगर विकास कोषको कार्यकारी निर्देशक पदमा ई. श्री विनोद प्रकाश पण्डितज्यू नियुक्त ।

सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा विनोदप्रकाश पण्डित नियुक्त हुनु भएको छ। नगर विकास कोषको  तर्फबाट मिति २०८१ मंशिर ०९ गते आइतबार नव नियुक्त कार्यकारी निर्देशकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित नगर विकास कोषमा पद वहाली एवम् स्वागत  गरियो।  

Subscribe to