Skip to main content

Town Development Fund as an accredited entity of Green Climate Fund (GCF)

Town Development Fund as an accredited entity of Green Climate Fund (GCF)

We are proud to announce that the Town Development Fund (TDF), Nepal has been officially accredited as an Accredited Entity (AE) of the Green Climate Fund (GCF) . The 45th GCF Board Meeting (GCF B.45) has approved Town Development Fund as an accredited entity.

This landmark achievement positions TDF among the accredited institutions authorized to access and channel GCF resources for climate action. It will enable us to mobilize international climate finance and strengthen support for climate-resilient urban infrastructure, sustainable municipal development, and low-emission initiatives across Nepal.

We extend our sincere gratitude to the the Government of Nepal, the National Designated Authority , Green Climate Fund, our development partners, municipalities, and everyone whose dedication and collaboration made this achievement possible.

Together, we look forward to advancing Nepal's climate ambitions and building more resilient, inclusive, and sustainable cities.

S

कोषका उपप्रबन्धक श्री देवान राईज्यूको हार्दिक विदाई !

कोषका उपप्रबन्धक श्री देवान राईज्यूको हार्दिक विदाई !

नगर विकास कोषका उपप्रबन्धक श्री देवान राईज्यू कोषको सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नु भई सेवा निवृत्त हुनु भएकोमा वहाँले कोषमा पुर्याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै सम्मान स्वरुप कोषका तर्फबाट कार्यकारी निर्देशकज्यूले हार्दिक विदाई गर्नुभयो ।

व्यवस्थापन संकायमा स्नातकोत्तर वहाँले कोषको महत्वपूर्ण महाशाखा वित्त तथा कोष व्यवस्थापन माहाशाखा प्रमुखको रुपमा आफ्नो पदिय जिम्मेवारी कुशल रुपमा निर्वाह गरी कोषको वित्तीय अवस्थालाई सुदृढ बनाईराख्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफूलाई सफल सावित गर्नुभएको छ । ईमान्दर र कर्मनिष्ठ कर्मचारीको रुपमा परिचित वहाँले कोषको संस्थागत विकासमा पुर्यााउन भएको योगदान सदैव अमूल्य रहनेछ ।

विदाई कार्यक्रममा कोषका उपप्रबन्धक एवम् वित्त तथा कोष व्यवस्थापन माहाशाखा प्रमुखज्यूले कोषको सेवामा आफ्नो ३१ वर्षे अवधिको सेवाकालिन समयमा आफूलाई पदिय दायित्व निर्वाहमा सहयोग पुर्‍याउनुहुने कोषका सम्पूर्ण कर्मचारी लगायत सेवाग्राहीहरु प्रति आभार प्रकट गर्नुभयो ।

उहाँको सेवा निवृत्त जीवन सुखमय बितोस् !

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूको क्षमता अभिवृद्धिका लागि नेतृत्व तथा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न ।


नगर विकास कोषको आयोजनामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  Leadership and Management to chairpersons and managers” सम्बन्धी तालिम काठमाण्डौमा मिति: २०८२-१२-८ देखि २०८२-१२-१० सम्पन्न गरिएको छ । यसबाट खानेपानी उपभोक्त्ता संस्थाहरुको नेतृत्व, व्यवस्थापन क्षमता, सेवा सञ्चालन सुधार तथा संस्थागत सुदृढीकरण हुने अपेक्षा गरिएको छ । यस गोष्ठीमा Dhadikot Sahari Khanepani, Manpang Khola Salyantar Khanepani, Gothatar Bhaimal Khanepani, Dhading Tripurasundari-2 Khanepani, Katari Bazar Naya Khanepani, Letang Khanepani, Dachhi Bhadrabas Sahari Khanepani, Tankisinwari Khanepani, Saptakoshi Sahari Khanepani, Chhap Nahala Khanepani, Bhadgaun Khanepani, Anboo Khaireni Khanepani, Besi Sahar Khanepani, Khairenitar Khanepani, Lamki Khanepani, Kohalpur Brihat Sahari Khanepani, Baglung Urban Drinking Water Users Organization, Sunkoshi Panchkhal Drinking Water, Meghauli Small Town Water Supply र Lamahi Khanepani - Dang खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूका अध्यक्षज्यू, व्यवस्थापकज्यू एवम् उपभोक्ता संस्थाका प्रतिनिधिज्यूहरूको सक्रिय सहभागिता रहेको थियो।

कोषको ३८ औं वार्षिक उत्सव समारोह माननीय शहरी विकास मन्त्री श्री प्रा.डा. कुमार इङ्नाम सिंहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

कोषको ३८ औं वार्षिक उत्सव समारोह माननीय शहरी विकास मन्त्री श्री प्रा.डा. कुमार इङ्नाम सिंहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा कोषको ३८ औं वार्षिक उत्सव समारोह २०८२ फाल्गुण २ गते ललितपुरमा सम्पन्न भएको छ ।

कोषको ३८ औं वार्षिकोत्सव समारोह राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यू, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको, दातृ निकायका प्रतिनिधीज्यूहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।

वार्षिकोत्वसम कार्यक्रममा माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूले कोषले नगर क्षेत्रको समग्र विकासमा पुऱ्याए‌को योगदान प्रशंसा गर्दै विद्यमान शहरलगायत भविष्यमा निर्माण हुने शहरमा शहरी जीवनस्तरमा सुधार ल्याउन गुणस्तरीय, वातावरणमैत्री र दिगो शहरी पूर्वाधार निर्माण, विकास तथा विस्तारमा कोषले लगानी बृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो । माननीय मन्त्रीज्यूले कोषलाई संघ, प्रदेश र स्थानीय तह एवम् वित्तीय संस्थाहरुको समेत स्वामित्व रहने गरी पुनर्संरचना नगर विकास कोष ऐन, २०५३ को संशोधन प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पुर्याउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यूले शहरी पूर्वाधारका क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्दै सरकारको वित्तीय मध्यस्थकर्ताको रुपमा पूर्वाधारको क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूले नगर विकास कोषले मुलुकको सङ्घीय संरचनाका आधारमा व्यवस्थित सहरी पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी परिचालन गर्न सक्षम हुने विश्वास व्यक्त्त गर्दै कोषलाई मुलुककै एक नेतृत्वदायी वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा स्थापित गराउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू एवम् गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूले कोषले स्थानीय तहलाई पूर्बाधारको क्षेत्रमा लगानीका लागि वित्तीय स्रोत व्वस्थापन गर्न खेलको भूमिका ज्यादै महत्वपूर्ण रहेको बताउँदै सरकारले कोषको पूँजी बृद्धि गर्न ढिलाई गर्न नुहनेमा जोड दिनु भयो ।

कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।

वार्षिकोत्वस समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा नगर विकास कोष हार्दिक आभार व्यक्त गर्दछौं ।

समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।

वार्षिकोत्वस समारोहमा कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्रबाट सम्मानित हुनहुने कर्मचारी श्री सोम बहादुर घिमिरेज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Subscribe to