

माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा नगर विकास कोषकाे आयोजनामा मिति २०८१ चैत्र १२ गते देशका २९३ वटै स्थानीय तहका नगर प्रमुखज्यूहरुको महत्वपूर्ण सहभागितामा “शहरी पूर्वाधार: प्राथमिकता तथा वित्त व्यवस्थापन“ विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ ।
पूर्वाधार मागको तुलनामा शहरी लगानी अपर्याप्त भैरहेको वर्तमान अवस्थामा लगानी योग्य पूर्वाधार आयोजनाहरुको विकासका लागि नगरपालिकाहरुलाई वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्य राखी यस कार्यशाला गोष्ठीको आयोजना गरिएको थिायो । कार्यशाला गोष्ठीमा देशका २९३ वटै स्थानीय तहका नगर प्रमुख एवम् प्रतिनिधीहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।
कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यू सहित शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूबाट नगर प्रमुखज्यूहरुसँग शहरी पूर्वाधार लगानीमा स्थानीय तहबाट सामाना गरिरहेका समस्या, चुनौती तथा समाधानका उपायका सम्बन्धमा महत्वपूर्ण अन्तरक्रिया समेत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलज्यूले परियोजना छनौट र नगरको पूर्वाधार निर्माणमा वित्तीय लगानीको स्रोत व्यवस्थापन सम्बन्धमा मुख्य प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्री केवल भण्डारी, शहरी विकास मन्त्रालयका सह सचिव श्री पद्यकुमार मैनाली र तारकेश्वर नगरपालिकाका उपप्रमुख श्री सृजना बुर्लाकोटीज्यूबाट “शहरी पूर्वाधार: प्राथमिकता तथा वित्त व्यवस्थापन“ का विविध पक्षहरु माथि आफ्ना महत्वपूर्ण विचारहरु राख्दै शहरी विकास बहुआयामिक विषय भएकोले व्यवस्थित शहरी विकासका लागि पूर्वाधारका प्राथमिकताहरु निर्धारण गरी लगानीलाई दिगो र प्रतिफलमुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।
माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा कोषको ३७ औं वार्षिक उत्सव समारोह २०८१ फाल्गुण २ गते ललितपुरमा सम्पन्न भएको छ ।
कोषको ३७ औं वार्षिकोत्सव समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यू, खानेपानी मन्त्रालयका सचिव श्री प्रमिला देवी शाक्यज्यू, गोकर्णेश्वर नगरपालिका एवम् नगर विकास कोष संचालक समितिका सदस्य श्री दीपक रिसालज्यू, नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य एवम् कोष संचालक समितिका सदस्य श्री सुशीला शाहज्यू, नेपाल ईन्जिनियर्स एशोसियनका अध्यक्ष श्री सुवास चन्द्र बरालज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको, दातृ निकायका प्रतिनिधीज्यहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।
वार्षिकोत्वसम कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले कोषले शहरी विकासका बहु–आयामिक पक्षलाई मध्यनजर गरी कोषले आगामी दिनमा व्यवस्थित शहरी विकासका लागि स्रोत साधनको उच्चतम परिचालन गर्दै शहरलाई जीवन्त तथा वातावरणमैत्री बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
माननीय उप–प्रधान तथा शहरी विकास मन्त्रीज्यूले नगर विकास कोषको फाराकिलो दायराका लागि नगर विकास कोषलाई सङघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरुको समेत स्वामित्व रहने गरी पूँजी पुनर्संरचना र कार्यक्षेत्र विस्तार गर्न नगर विकास कोष ऐन, २०५३ मा आवश्यक संशोधन प्रक्रिया अगाडि बढाइएको समेत जानकारी गराउनु भयो ।
कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।
वार्षिकोत्वस समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।
समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।
वार्षिकोत्वस समारोहमा उत्कृष्ट सेवाग्राीकोरुपमा कदरप्रत्र सहित सम्मान हुन भएका तुलसीपुर उपमाहानगरपालिका, लेखनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र टिकापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
साथै दिर्घसेवा पदकबाट सम्मानित कोषका उपप्रबन्धक श्री राजेश कुमार भोछिभोया र कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्रबाट सम्मानित हुनहुने कर्मचारी श्री बबिता पौड्यालज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।