Skip to main content
Officer (Finance)
Deputy Manager
Assistant Officer (Finance)
Civil Engineer
Deputy Manager
Sr. Office Assistant
Civil Engineer
Civil Engineer

प्रादेशिक कार्यशाला गोष्ठी (सुदुर पश्चिम प्रदेश)

नगरपालिकाहरुलाई योजनावद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्देश्यले नगरपालिकाहरुको वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको व्यावसायिक योजना, कार्य संञ्चालन प्रक्रिया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार विकास कार्यक्रमहरुका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले २९३ वटै नगरपालिकाहरुलाई प्रादेशिक रुपमा विभाजन गरी १ दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम अन्तर्गत मिति २०७७।११।१७ गते सुदुर पश्चिम प्रदेश अन्र्तगतका नगरपालिकाहरुको सहभागितमा धनगढीमा कार्यशाला गोष्ठी सम्पन्न भएकोछ।

सुदूरपश्चिमका ३४ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टज्यूले सुदूरपश्चिमका नगर प्रमुखहरुलाई सम्बोधन गर्दै व्यक्तिवादी विकास मोडल भन्दा दीगो र नतिजामुखी विकास आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाज्यूले अनुदानबाट मात्रै विकास गर्ने मान्यतालाई त्याग्न नगर प्रमुखहरुलाई अनुरोध गर्नुभयो । सामाजिक पूर्वाधार निर्माण अनुदानबाट गरे पनि व्यावसायिक र आर्थिक पूर्वाधार ऋण र अनुदानबाट निर्माण गर्ने सोच राख्नुपर्ने बेला आइसकेकेको विचार व्यक्त गर्नुभयो ।

प्रादेशिक कार्यशाला गोष्ठी (लुम्विनी प्रदेश)

नगरपालिकाहरुलाई योजनावद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्देश्यले नगरपालिकाहरुको वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको व्यावसायिक योजना, कार्य संञ्चालन प्रक्रिया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार विकास कार्यक्रमहरुका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले २९३ वटै नगरपालिकाहरुलाई प्रादेशिक रुपमा विभाजन गरी १ दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम अन्तर्गत मिति २०७७।११।२६ गते लुम्विनी प्रदेश अन्र्तगतका नगरपालिकाहरुको सहभागितमा रुपन्देहीमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

लुम्विनी प्रदेशका नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित प्रदेशभरिका मेयरहरूलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शाहले कोषले लुम्बिनी प्रदेशका नगरपालिकामा विशेष प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताउनुभयो । ।नगरको बिकास भनेको सहरमा बिकास भएकोले सबैको ध्यान जानु जरुरी रहेको प्रदेश प्रमुख शाहले बताउनुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुस्पराज कडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरुलाई बलियो बनाउनु पर्ने बताउनुभयो ।

संघिय मामिला तथा समान्य बिकास मन्त्रालयका सहसचिब बिष्णु दत्त्त गौतमले नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउनुभयो  । पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताउनुभयो । 

कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई नहिच्किचाउन आग्रह गर्नुभयो । उहाँले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई अनुरोध गर्नुभयो । 

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले ठुला ठुला योजना अघिबढाउन आर्थिक लगानी कम भएको बताउदै ऋण लगानी आबश्यक रहेको बताउनुभयो  । उहाँले नगरका ठुला योजना बनाउन को लागी डिपीआर तयार भैरहेको र तिलोत्तमालाई नमुना नगरपालिकाको रुपमा लैजाने तयारीका साथ काम अघि बढेको बताउनुभयो ।

बुटबल उपमहानगरपालिका प्रमुख तथा नगर विकास कोष संञ्चालन समितिका सदस्य शिबराज सुबेदीले नगर बिकास काेषासंग पालिकाहरुको सहकार्यकालागी नियामवली संसोधनको तयारी भैरहेको बताउनुभयाे ।नगर बिकास कोषको प्रगति राम्रो भैरहेको बताउदै नगरपालिकासंग सहकार्य गरेर अघि बढने बताउनुभयो । 

Subscribe to