Skip to main content

वुटवल उप‑महानगरपालिकामा सवारी साधनको चापलाई मध्यनजर गर्दै सवारी साधनको व्यवस्थित पार्किङ्गको लागि आधुनिक बहुतल्ले पार्किङ भवन, (Modern Multilayer Parking Building) आयोजना निर्माणका लागि मिति २०८० श्रावण ०८ गते वुटवल उप‑महानगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू वुटवल उप‑महानगरपालिका नगर प्रमुख श्री खेलराज पाण्डेज्यू बीच रू. १९ करोड ७६ लाख २७ हजार को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

यस आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. ३० करोड ४० लाख ४२ हजार को ६५ प्रतिशत ऋण र ५ प्रतिशत अनुदान कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

कोषले नविनतम् र नवप्रबद्र्धक आयोजनाहरुमा लगानी विस्तार गर्दै व्यवस्थित शहरीकरणमा सघाउ पुर्याउने उद्देश्यले नेपालमै यस किसिमको पहिलो आयोजनामा कोषले लगानी प्रबद्र्धन गरेको छ । बुटवल ९ नम्बर वडाको अहिले बसपार्क रहेको क्षेत्रभित्र सञ्चालन हुने पार्किङ भवनमा एक पटकमा १९५ कार अट्ने गरी डिजाइन भएको छ ।अनुपातको हिसाबमा सतही पार्किङ भन्दा करिब ५ गुणासम्म पार्किङ गर्न सकिने यसको संरचनाको माथिल्लो भाग फलामको हुन्छ र आवश्यकताको आधारमा यसलाई अन्यत्र सार्न सकिने र बहुतले पार्किङ युनिट अटोमेटिक तरिकाले सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेज्यूले हाल वुटवल उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किङ गर्ने स्थानको अभाव भैरहेकाले यस आयोजनलाई अगाडि बढाईएको र समयमा सम्पन्न गरी बजार क्षेत्रका सवारी साधनलाई उचित रुपमा व्यवस्थापन हुने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशकज्यूले नेपालमै पहिलो पटक र कोषले पनि पहिलो पटक यस्तो सम्झौता गरेको बताउँदै यो आयोजना अन्य नगरपालिकाका लागि समेत नमूना आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । वहाँले वुटवल उपमहानगरपालिकासँग शहरी पूर्वाधार विकासका अन्य ठूला आयोजनामा समेत सहकार्य गर्ने गरी अगाडि बढुनपर्नेमा जोड दिनुभयो ।

happy new year