• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

मिति २०७७ कार्तिक १८ गते माननीय शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठज्यू तथा शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष डा. रमेश प्रसाद सिंहज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।

मिति २०७७ कार्तिक १८ गते माननीय शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठज्यू तथा शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष डा. रमेश प्रसाद सिंहज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।

कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट माननीय मन्त्रीज्यू तथा सचिवज्यूलाई स्वागतका साथ कोषको कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराउनुभयो । उक्त कार्यक्रममा माननीय मन्त्रीज्यूबाट कोषका कार्यक्रमहरुको प्रशंसाका साथ कोषलाई अझ सुदृढ र सबल संस्थाका रुपमा स्थापित गर्न आफ्नो तथा मंत्रालयको तर्फबाट प्राथमिकताका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कोषको पूँजी संरचना बृद्धिसंगैको शहरी पूर्वाधार विकास निगममा रुपान्तरण गर्नका लागि प्रस्तावित शहरी पूर्वाधार विकास निगम ऐेनलाई कार्यान्वनमा ल्याउन आफ्नो तथा मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो । साथै कोषले अगाडि सारेका नवप्रर्बतक आयोजनाहरु शहरी पूर्वाधारका लागि अत्यावश्यक भएकोले त्यस्ता आयोजनाहरुको कार्यान्वयनलाई विशेष प्राथमिकता दिई आगाडि बढाउन निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव एवं नगर विकास कोषका अध्यक्ष डा. रमेश प्रसाद सिंहज्यूबाट वर्तमान शहरी पूर्वाधार विकासको आवश्यकतालाई सम्बोधन गर्ने गरी शहरी पूर्वाधार विकास निगम, ऐन लाई कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयको तर्फबाट प्राथमिकता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो । सचिवज्यूले नगर विकास कोषको कार्यक्षेत्रलाई अझै विस्तार गर्दे शहरी पूर्वाधारका क्षेत्रमा ऋण लगानीका साथै सामाजिक पूर्वाधारका क्षेत्रलाई पनि प्राथमिकता दिई कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले शहरी पूर्वाधारका आयोजनाहरुको विकासमा शहरी विकास तथा भवन निर्माण विभाग र कोष बीच समन्वय र सहकार्यका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।