• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

प्रादेशिक कार्यशाला गोष्ठी ( प्रदेश १)

नगरपालिकाहरुलाई योजनावद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्देश्यले नगरपालिकाहरुको वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको व्यावसायिक योजना, कार्य संञ्चालन प्रक्रिया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार विकास कार्यक्रमहरुका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले २९३ वटै नगरपालिकाहरुलाई प्रादेशिक रुपमा विभाजन गरी १ दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम अन्तर्गत मिति २०७७।१२।१८ गते प्रदेश १ अन्र्तगतका नगरपालिकाहरुको सहभागितमा बिराटनगरमा कार्यशाला गोष्ठी सम्पन्न भएकोछ। प्रदेश १ का नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित प्रदेशभरिका मेयरहरूलाई सम्बोधन गर्दै प्रदेश मुख्य मन्त्री श्री शेरधन राइज्यूले स्थानीय सरकारलाई बजेट लगानी गर्नुपूर्व नगर सरकारको योजना पहिचान, व्यवस्थापन लगायतमा क्षमतामा विकास गर्नुपर्ने बताउनुभयो । विराटनगर महानगर नगर प्रमुख भीम पराजुलीज्यूले बजेट अभाव भए पनि नगर विकास कोषसँग ऋण लिएर महत्त्वपूर्ण योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयाे । कोषको सहयोगले महानगरको विकासका टेवा पुगेको विचार व्यक्त गर्नुभयाे । कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण पर्साद सापकाेटाज्यूले स्थानीय सरकारहरूसँग हातेमालो गर्न कोष सधैँ तयार रहेको प्रतिबद्धता जनाउनुभयाे।