• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

प्रादेशिक कार्यशाला गोष्ठी (कर्णाली प्रदेश)

नगरपालिकाहरुलाई योजनावद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्देश्यले नगरपालिकाहरुको वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको व्यावसायिक योजना, कार्य संञ्चालन प्रक्रिया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार विकास कार्यक्रमहरुका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले २९३ वटै नगरपालिकाहरुलाई प्रादेशिक रुपमा विभाजन गरी १ दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम अन्तर्गत मिति २०७७।११।२० गते कर्णाली प्रदेश अन्र्तगतका नगरपालिकाहरुको सहभागितमा विरेन्द्रनगर, सुर्खेतमा कार्यशाला गोष्ठी सम्पन्न भएकोछ।
 
कर्णाली प्रदेशका २५ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिनुभएको छ ।
 
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आगामी ४ बर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने बचनबद्धता व्यक्त गर्नुभयो ।
 
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रह गर्नुभयो । उहाँले बाहिरी मुलुकका उदाहरण दिंदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गर्नुभयो ।