एशियाली विकास बैंकको सहयोगमा संचालित तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाबाट लगानी गर्ने गरी यस आयोजनामा देखिएका प्राविधिक समस्याहरुको न्यूनीकरण गरी उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी उपलब्ध गराउने तथा कोषको ऋण असुली प्रक्रियामा समेत सहजता प्रदान गर्ने उद्देश्यले स्तरोन्नती कार्यक्रम मार्फत सहयोग गर्ने गरी कोष र विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बीच ऋण सम्झौता सम्पन्न गरिएको छ ।
विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको स्तारोन्नतीका लागि मिति २०७७।१०।१८ मा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र विर्तामाड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री जल कुमार गुरुङ बीच रु ४५,९१,५००।–(अक्षरेपी पैतालिस लाख एकानब्बे हजार पाँच सय मात्र) को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो । आयोजनाको निर्माण, संचालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक अंक रु.१,८३,६६,०००।– (अक्षरेपी एक करोड त्रियासी लाख छैसठ्ठी हजार मात्र) को २५ प्रतिशत रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम विर्तामाड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट व्यहोरिनेछ ।