Consectetur adipisicing eliosmod tempoe rat incididunt tore aore aagnate aliqua minim veniam exeatation
Consectetur adipisicing elit sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua enim ad minim veniam quisatrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat aute.
Consectetur adipisicing eliosmod tempoe rat incididunt tore aore aagnate aliqua minim veniam exeatation
Consectetur adipisicing eliosmod tempoe rat incididunt tore aore aagnate aliqua minim veniam exeatation
Consectetur adipisicing eliosmod tempoe rat incididunt tore aore aagnate aliqua minim veniam exeatation
कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाज्यूले अनुदानबाट मात्रै विकास गर्ने मान्यतालाई त्याग्न नगर प्रमुखहरुलाई अनुरोध गर्नुभयो । सामाजिक पूर्वाधार निर्माण अनुदानबाट गरे पनि व्यावसायिक र आर्थिक पूर्वाधार ऋण र अनुदानबाट निर्माण गर्ने सोच राख्नुपर्ने बेला आइसकेकेको विचार व्यक्त गर्नुभयो ।
मिति २०७७ फाल्गुण २ गते नगर विकास कोषको ३३ औं वार्षिकोत्सव समारोहलाई सहरी विकास मन्त्री प्रभु साहज्यूले उद्घाटन गर्नुभयो । मन्त्रि साहले कोषले गरेको कामलाई प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताउनुभयो । वहाँले सहरी पूर्वाधारको विकास गर्न कोषलाई निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तिय मध्यस्थकर्ताका रूपमा विकास गर्ने बताउनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहज्यूले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य हासिल गर्न नगर विकास कोषले उल्लेख्य जिम्मेवारी बहन गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कोषका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीजयूले कोषले ठूलो फड्को मारेको छ भन्दै आगामी दिनमा यसले शहरी पूर्वाधारको क्षैत्रमा आफ्नो दायरा अझै फराकिला बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल नगरपालिका संघका अशोक बेन्जु श्रेष्ठज्यूले नगरपालिकाहरुलाई नगर विकास कोष जस्तो संस्था अपरिहार्य भएकोमा जोड दिनुभयो ।
वार्षिकोत्वस समारोहमा कोषले नगरपालिकातर्फ ऋण लगानी मार्फत नमुना काम गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिका तथा खानेपानी संस्थातर्फ कावासोती खानेपानी उपभोक्ता संस्था नवलपुर र करैया मक्रहर उपभोक्ता संस्था रूपन्देहीलाई उत्कृष्ट सेवाग्राहीको रुपमा सम्मान गरेको थियो ।
तलसीपुर उपमहानगरपालिकामा व्यावासायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यका साथ मिति २०७७।१०।१४ मा तलसीपुर उपमहानगरपालिका र नगर विकास कोष बीच तुलसीपुर व्यावसायिक भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको छ ।
तुलसीपुर व्यावसायिक भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटा र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख श्री घनश्याम पाण्डे बीच रू १९ करोड ७२ लाख १७ हजार ३ सयको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो । यस तुलसीपुर व्यावसायिक भवन आयोजनाका निर्माणको कुल अनुमानित लागत रू २८ करोड १७ लाख ३९ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ । प्रदेश नं. ५ को पहाडी जिल्लाका व्यापारिक केन्द्रको रुपमा रहेको तुलसीपुर नगरपालिकामा निर्माण हुने यस व्यावसायिक भवनले आर्थिक क्रियाकलापलाई विस्तार गर्नका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका
खेल्नेछ ।
उक्त सम्झौता कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखज्यूबाट आयोजनालाई गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्ने तर्फ उपमहानगरपालिकाको ध्यान केन्द्रित हुनेमा विशेष जोड दिदै नगर विकाससंग अन्य शहरी पूर्वाधारका क्षेत्रमा सहकार्य गर्नमा नगरपालिका सदैव तयार भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले निर्माण हुने आधुनिक व्यापारिक भवनले स्थानीय क्षेत्रको आर्थिक विकास विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्दै पूर्वाधार विकासमा कोषले लगानी बढाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत उर्लावारी खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयनका लागि मिति २०७७।८।११ मा कोषका कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटा र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्री भूपाल सिं राई बीच रू. ३,५४,४४,२००।–को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो । सह लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत उर्लावारी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, संचालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक लागत रू. १७,७२,२१,०००।– को २० प्रतिशत ऋण कोषको तर्फबाट, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिनेछ । यस आयोजनाले उर्लावारी नगरपालिका वडा नं. १, ८, र ९ का करिब ३००० घरधुरीलाई २४ सै घण्टा खानेपानी सेवा पुरयाउने लक्ष्य रहेको छ ।