• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

इतिहास

सन् १९८९ मा विश्व बैंक मार्फत गरिएको करीव २.२ मिलियन यु.एस.डलर बराबरको सहयोगको प्राप्तिसंगै नगर विकास कोषले शहरी पूर्वाधारको विकासको क्षेत्रमा वित्तिय लगानी प्रवाह गर्न शुरुवात गरेको थियो ।

सन् १९९५ मा जर्मन विकास बैंक मार्फत नगर विकास कार्यक्रमका लागि करीव
४.५ मिलियन युरो बराबरको सहयोगले तत्कालिन अवस्थामा रहेका ३२ वटा नगरपालिकाहरुमा पूर्वाधार विकास गर्नमा ठूलो टेवा पुग्न गयो ।

नगर विकास कार्यक्रम प्रथम चरणको सफल कार्यान्वयनसंगै कोषलाई जर्मन विकास बैंक मार्फत प्राप्त हुने सहयोगमा निरन्तरता हुन पुग्यो जसको फलस्वरुप सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो चरण र सन् २०१० मा नगर विकास कार्यक्रम तेस्रो चरण संचालनमा आयो ।

जर्मन सरकारकै सहयोगमा जि.टी.जेड मार्फत संचालित स्थानीय प्रयासद्वारा शहरी विकास कार्यक्रम ९गमभि० द्वारा उपलब्ध गराईको प्राविधिक सहयोग अन्तर्गत कोषलाई प्राप्त भएको संचालन—व्यवस्थापन खर्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको व्यवस्थाले यस संस्थाको संस्थागत विकासमा महत्वपूर्ण योगदान
पुर्याएको थियो ।

यसै क्रममा सन् २००४ सम्म आईपुग्दा दातृसंस्था एसियाली विकास बैंकले समेत शहरी वातावरणीय सुधार आयोजना
(UEIP) एवं साना शहरी खानेपानी तथा सरसफाई आयोजनाहरु मार्फत शहरी क्षेत्रमा आफ्नो लगानी विस्तार गर्न पुग्यो जसको कारण कोष मार्फत ठूलो मात्रामा ऋण प्रवाह
हुन गयो ।

जर्मन विकास बैंक मार्फत गरिने ऋण लगानीको फीर्ता रकमद्वारा नगर विकास कोष अन्तर्गत चक्रीय कोष स्थापना गरी पुनःलगानी परिचालन गर्ने एवं कोषको वित्तीय अवस्थालाई सुदृढ गराउने रणनीति रहेको थियो भने एशियाली विकास बैंक अन्तर्गतका आयोजनाहरुले कोषलाई ऋण प्रवाह गर्ने वित्तिय मध्यस्थकर्ता संस्थाको रुपमा सुदृढ गर्न सहयोग गरेको देखिन्छ ।

विगत तीन दशक भन्दा लामो समयदेखि नेपालमा नगरहरुको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधारहरुको विकास तथा विस्तारमा निरन्तर काम गर्दै आईरहेको यस कोषले हालसम्म कुल १३ अर्व ५८ करोड रुपैया सम्मको ऋण/अनुदान लगानी स्वीकृत गरी करीव १३०४ वटा आयोजनाहरु स्वीकृत भै ११८४ वटा आयोजनामा करीव १० अर्व ९१ करोड रुपैयाँ लगानी गरि सकेको छ ।